कपुरकोटमा अवैध मदिरा बरामद गरी नष्ट

तुलसीपुर, ५ कात्तिक । सल्यान प्रहरीले कपुरकोट बजार क्षेत्रबाट अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । मंगलबार प्रहरी चौकी कपुरकोटबाट खटि गएको प्रहरी टोलिले घरेलु मदिरा, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र भाँडा बरामद गरेको हो ।

कपुरकोट बजार क्षेत्रका विभिन्न होटलमा विक्रिका लागि लुकाई छिपाइ राखेको घरेलु मदिरा १ सय ५ लिटर, मदिरा बनाउनका लागि तयार पारिएको कच्चा पदार्थ १ सय ८५ लिटर र मदिरा बनाउने भाँडा ३ सेट बरामद गरिएको प्रहरी चौकी कपुरकोटका इन्चार्ज सई जनक बहादुर भण्डारीले जानकारी दिए ।

मदिरा बरामद पश्चात एकपटकलाई सचेत गराएर छाडिएको र आगामी दिनमा सोही कार्य दोहो¥याएमा कडा कारबाही गर्ने चेतावनी दिइएको उनले बताए । बरामद गरिएको मदिरा जनप्रतिनिधि, पत्रकार, उद्योग वाणिज्य संघका प्रतिनिधी, स्थानीय ब्यापारी लगाएतको रोहबरमा कपुरकोट ३ स्थित डम्पीङ साइडमा नष्ट गरिएको इन्चार्ज भण्डारीले बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया