५ हजार ७ सय ४३ कोरोना संक्रमित थपिए

काठमान्डौ , ५ कार्तिक — पछिल्लो २४ घण्टामा आज थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख ४४ हजार ८७२ संक्रमितको संख्या पुगेको जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको छ ।

याे पनि पढ्नु हाेस

रुकुम पश्चिममा संक्रमित महिलाको शव सेनाद्धारा व्यवस्थापन

त्यसैगरी २४ घण्टामा २ हजार ९९६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या झण्डै एक लाख हाराहारीमा पुगेको छ । हालसम्म ९९ हजार ६०५ जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १३ लाख ३४ हजार ८९७ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा २० हजार ११८ पीसीआर परीक्षण भएका छन् । त्यसैगरी २४ घण्टामा २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया