रुकुम पश्चिममा संक्रमित महिलाको शव सेनाद्धारा व्यवस्थापन

फाईल फोटो

तुलसीपुर, ५ कात्तिक । रुकुम पश्चिममा एक कोरोना संक्रमित महिलाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ । मंगलवार राती निधन भएकी ती महिलाको बुधवार शव व्यवस्थापन गरिएको हो । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर ७ जथावाङ निवासी ५३ बर्षिया कोरोना संक्रमित महिलाको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गरेकोे वडा अध्यक्ष विर बहादुर खड्काले जानकारी दिएका छन ।

क्यान्सर र दम रोगबाट ग्रसित महिलाको दुई पटक सम्म कोरोना रिपोट पोजेटिभ आएको हो । उनको गएको असोजमा आन्द्रामा क्यान्सर देखीएपछि चितवनमा अप्रेशन भएको थियो । त्यस अघि स्वास्थ्यमा समस्या आएपछि उनी नेपालगन्ज हुदै चितवन पुगेको वडा अध्यक्ष खड्काले जानकारी दिएका छन् । चितवनमा चेकजाँच गराउदा आन्द्रामा क्यान्सर देखीएपछि अप्रेशन गरिएको थियो । सोहि क्रममा कोरोना परिक्षण गराउदा असोज ३० गते संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पतालबाट घर लगेर होम आईसोलेनमा राखीएको अध्यक्ष खड्काले जानकारी दिएका छन् । होम आईसोलेसनमै बसेको समयमा यहि कात्तिक ३ गते फेरी कोरोना परिक्षण गर्न उनी सहित उनको उपचारमा खटिएका दुई छोरा र ज्वाई गरी चारको जनाको नमुना स्वाव संकलन गरी कोरोना परिक्षण गरिएको हो ।बुधवार विहान आएको उनीहरुको कोरोना रिपोटमा आमाछोरालाई संक्रमण पुष्टि भएको वडा अध्यक्ष खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया