टिप्पर दुर्घटना हुदा दुई जनाको मृत्यु

दाङ, ५ कात्तिक । जिल्लाको गुराँस गाउँपालिका–२ बान्द्रेमा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।बा ४ ख ६७७१ नम्बरको टिप्पर बुधवार विहान दुर्घटना हुँदा चालक सिन्धुपाल्चोकको चौतारा नगरपालिका १० सागाचोकका ५१ वर्षीय राजेन्द्र केसी र नुवाकोटको ककनी गाउँपालिका ७ चतुरालीका २५ वर्षका मिलन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया