रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

दाङ,५ कात्तिक । रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्वर ११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नंम्वर १७ मोतिपुरका ८१ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो । दुवैजनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

असोज २४ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ४७ वर्षीय पुरुषको बुधबार बिहान १ः१० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए ।

यस्तै असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर गौतमले जानकारी दिए ।लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया