लुम्बिनी प्रदेश सरकारले कोरोना उपचार निशुल्क गर्ने

दाङ, ४ कात्तिक । सरकारले अब कोरोना परीक्षण तथा उपचार खर्च स्वयम विरामीले व्यहोर्नु पर्ने बताईरहेको बेला लुम्बिनी प्रदेश सरकारले सबैको उपचार निशुल्क भइरहेको बताएको छ । संघिय सरकारले कार्तिक २ गतेदेखि लागु हुने गरी अति विपन्न र असाहाय तथा अपाङगता बाहेक अन्य कोरोना संक्रमितको उपचार र परीक्षण नगर्ने निर्णय भएको कुरा सार्वजनिक गरीसकेको छ ।

तर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले सामाजिक सन्जाल आफनो फेसबुक मार्फत प्रदेश अन्र्तगत रहेका चार वटै कोरोना विशेष अस्पतालमा निशुल्क उपचार भईरहेको उल्लेख गरेका छन् । सामाजिक सन्जालमा मुख्यमन्त्री पोख्रेलले लेखेका छन् ‘लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत रहेको छ ।’प्रदेश अन्र्तगत रहेका बुटवलस्थित धागो कारखाना कोरोना विशेष अस्पताल, भैरहवाको भीम अस्पताल, बाँकेको भेरी अस्पताल र दाङको कोरोना विशेष अस्पताल बेलझुण्डी रहेको छ ।

सरकारी निर्णयमा आर्थिक रुपले विपन्न, असहाय, अशक्त, एकल महिला, अपाङ्गतायुक्त, ज्येष्ठ नागरिक लगायत वर्गका निम्ति निःशुल्क उपचार गर्ने भनिएको छ। यो बाहेक अन्य जोसुकैले कोरोना आसंकामा परिक्षण अथवा लक्षण देखीएपछि चेकजाँच तथ अस्पतालमा बस्नुपरेमा उपचार खर्च आफैले व्यहोर्ने गरी निर्णय सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया