बबई गाउँपालिकाका प्रेस संयोजक सहित १५ जनामा कोरोना पुष्टि

तुलसीपुर, ३ कात्तिक । पश्चिम दाङको बबई गाउँपालिकाका प्रेस संयोजक सहित १५ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणका क्रममा गाउँपालिकाका प्रेस संयोजक सहित ६ जना कर्मचारी, वडा नम्वर ३ र ७ का वडा अध्यक्ष तथा वडा नम्वर २ र ६ का वडा दुई जना वडा सदस्यहरु सहित १५ जनामा कोरोना पुुष्टि भएको गाउँपालिकाले जनाएको छ । अन्य संक्रमित समुदाय स्तरका व्यक्ति रहेका छन् ।

गाउँपालिकाबाट गएको असोज २८ गते जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र समुदाय स्तरका नागरिक गरी ३९ जनाको स्वाव संकलन गरिएके थियो । यसैविच गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधिहरुमा कोरोना पुष्टि भएपछि गाउँपालिकाका कार्यालयहरु यहि कात्तिक ६ गते सम्मका लागी सिल गरिएको गाउँपालिकाले जनाएको छ । यस अघि पनि गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत लगाएतका कर्मचारीलाई कोरोना पुििष्ट भएको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया