दुर्घटना अपडेट: घाईते ४ जनालाई नेपालगन्ज रिफर

दंगीशरण,३ कात्तिक । दंगीशरण गाउँपालिका वडा नम्वर ५ मिरौलीमा भएको बस दुर्घटनामा परि घाईते भएका मध्ये ४ जनालाई थप उपचारका लागी नेपालगंज रिफर गरिएको छ । बैबाङ्गबाट तुलसीपुर तर्फ आउदै गरेको ना ४ ख ७८४८ नम्वरको बस सोमवार विहान सवा दश बजे अनियन्त्रित भई दुर्घटना हुदा १७ जना घाईते भएका थिए ।

दुर्घटनामा परि घाईते भएका अन्य १३ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय हेकुलीका प्रमुख कमल थापाले जानकारी दिएका छन् । प्रहरीका अनुसार दुर्घटना भए लगतै फरार भएका बस चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी अस्पताल पुगेर दुर्घटनामा परी घाईते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले घाईतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना गदै स्वास्थ्य उपचारमा सहयोग गरिदिन राप्ती प्रादेसीक अस्पताललाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया