
तुलसीपुर, २ कात्तिक । तुलसीपुरमा आठ जना कोरोना संक्रमित निको भएका छन् । कोरोना संक्रमित भई दुई हप्ता होम आईसोलेसनमा बसेका व्यक्तिहरुको पुन कोरोना परिक्षण गर्दा रिपोट नेगेटिभ आएपछि उनीहरु सामान्य अवस्थामा फर्किएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।
जसमा तुलसीपुर ७ का ३५ बर्षिया एक महिला र ३४,३१,३२ वर्षका तिन पुरुष निको भएका छन् । यस्तैगरी वडा नम्वर ६ का ३६, १५ र ३० वर्षका तिन पुरुष र वडा नम्वर १० का २१ बर्षका एक पुरुष निको भएका छन् । यो संगै तुलसीपुरमा संक्रमण मुक्त हुनेको संख्या २३४ पुगेको छ भने सक्रिय संक्रमित १४४ रहेको केसीले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार