ग्वारखोलाबाट विहान तिन बजे चार वटा टेक्टर पक्राउ

फाईल फोटो

तुलसीपुर, २ कात्तिक । प्रहरीले ग्वारखोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको आरोपमा चार वटा टेक्टरलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार आईतवार विहान तिन बजे ती टेक्टरलाई नियन्त्रणमा लिईएको हो ।

ग्वारखोलाबाट रा १ त १४०९, रा १ त ३५५३, लु ३ त ६६५५ र रा १ त ३०६४ नम्वरको टेक्टरलाई नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ ।नदीजन्य पर्दाथ उत्खनन् निषेधित गरिएको क्षेत्रमा उत्खनन् गरेको पाईएपछि पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया