दाङमा एक लाख बढि नगद सहित जुवाडे पक्राउ

फाईल फोटो

तुलसीपुर, २ कात्तिक । दाङको घोराहीबाट गएराती जुवाडेलाई नगद सहित पक्राउ गरिएको छ । चाडपर्वको समयमा जुवातास नियन्त्रण अभियान अन्र्तगत उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

ती जुवाडेहरुलाई नगद एक लाख भन्दा बढि रुपैया सहित पक्राउ गरिएको छ । यस बारेमा विस्तृत विवरण केहि बेरमा सार्वजनिक गरिने डिएसपी खड्काले बताएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया