काठमाण्डौं उपत्यकाका तिन प्रशासनमा आजदेखी सेवा बन्द

काठमाडौ, २ कात्तिक । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आफ्ना अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा आजदेखी बन्द गरेका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन वटै जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्नुका साथै तीनवटै प्रशासन कार्यालयका कर्मचारीमा पनि कोरोना सङ्क्रमण पुष्टि हुन थालेपछि ति कार्यालयहरुले अर्को सूचना जारी नहुन्जेल सम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेका हुन् ।

जिप्रका काठमाडौंले गत असोज २८ गतेदेखि नै अत्यावश्यक बाहेकको सेवा बन्द गरेकोमा जिप्रका ललितपुर र भक्तपुरले पनि कार्तिक २ गते आइतबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने सूचना जारी गरेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया