२ करोड लगानीमा आरोग्यको भवन बन्ने

तुलसीपुर, १ कार्तिक / प्राकृति आरोग्य केन्द्रले २ करोड लगानीमा भवन निर्माणको काम सुरु गरेको छ । आरोग्य नेचर केयर अस्पतालका लागि १० शैयाको भवनको निर्माणको काम सुरु गरिएको हो ।

भवनको शिलन्यास नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले गरेका हुन् । प्राकृतिक चिकित्सा सेवालाई प्राचिन, आधुनिक र वैज्ञानिक ढंगबाट सञ्चालन गरेको आरोग्य केन्द्रले दाङ लगाएत सल्यान, रोल्पा, रुकुम, प्युठान, बाँके लगाएतबाट आएका हजारौ बिरामीको उपचार गरेर छुट्टै पहिचान दिएको डा. उमेश केसीले जानकारी दिए ।

क्लिनिकले विशेषज्ञहरुबाट स्वास्थ्य परिक्षण, प्राकृतिक चिकित्सा, जल चिकित्सा, माटो चिकित्सा, फिजियोथेरापी, अकुपंचर, अकुप्रेशर, मसान थेरापी, योग, प्याथोलोजीलगायतका सेवाहरु दिदै आएको प्राकृतिक चिकित्सक डा. केसीले जानकारी दिए । भवन समयमै निर्माणको काम सकेर माघ देखि अस्पतालले सेवा दिने बताएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १ गते शनिवार
प्रतिक्रिया