आज घटस्थापना, घरघरमा जमरा राखियो

काठमाडौ, १ कात्तिक । नवरात्रको पहिलो दिन आज घटस्थापना । घटस्थापनाको अवसरमा नेपालीहरुको घर घरमा बडादसैंको जमरा राखिएको छ । दसैंको पहिलो दिन घटस्थापनाका अवसरमाहिन्दु धर्मावलम्बीनेपालीको घर, घरमाजमरा राख्ने गरिन्छ । घटस्थापनाकै दिन काठमाडौंको वसन्तपुरमा रहेको दसै ंघरमापनिजमरा राखिएको छ ।

नेपाली सेनाको टोलीले मंगलधुनबजाएर बढाइँ गरेसँगै आजबिहान ११ः४६ को शुभ साइतमा जमरा राखिएको हो । कोभिड १९ काकारण यो वर्ष केही समस्याभएपनि स्वास्थ्य सुरक्षाका मापदन्ड अपनाएर जमरा राखिएको शार्दुल जंगगुल्मका गुल्मपति सेनानी विकाश शाक्यले बताए । विश्व नै कोभिड १९ बाट प्रभावित भए पनि पूजालाई सुरक्षाका सम्पूर्ण मापदन्ड अपनाएर निरन्तरता दिइएको उनले बताए । बिहानै नित्यकर्म गरी नजिकको नदीवाचोखो स्थलबाट बालुवावा माटो ल्याइगाईको गोबरले लिपपोत गरिएको कोठामा वा दसैंघरमा जमरा राख्ने गरिन्छ ।

घटस्थापना गर्दा पूजाकोठा वा दसै घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिकविधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाआरम्भ हुन्छ । नवरात्रभर दुर्गाकातीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १ गते शनिवार
प्रतिक्रिया