विरगन्जमा प्रहरीको छापा, २३ किलो सुन बरामद

फाईल फोटो

पर्सा, १ कात्तिक । पर्साको वीरगन्जबाट प्रहरीले २३ किलो सुन बरामद गरेको छ । सुन राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ को गणेश अपार्टमेन्टमा छापा मारेर २३ किलो सुन बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।

प्लाष्टिकका पोका पारेर राखिएको अवस्थामा सुन बरामद भएको र सुन कसले राखेको भन्नेबारेमा केहि नखुलेको डीएसपी नवजित कुँवरले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान सुरु भइसकेको र सुन राख्ने व्यक्ति छिटै पक्राउ पर्ने कुँवरले बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक १ गते शनिवार
प्रतिक्रिया