अदालतमा १५ दिन सम्म बन्दी प्रत्यक्षीकरणको मुद्धा मात्रै सुनुवाई हुने

काठमाडौ, १ कात्तिक । सर्वोच्चले मातहतका अदालतमा आईतवार देखी बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने भएको छ । यहि कात्तिक १५ गतेसम्म सर्वोच्च र मातहतका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने सर्वोच्च अदालतले जनाएको छ ।

नियमित तालिका अनुसार दशैँको घटस्थापनाको दिनदेखि पूर्णिमासम्म अदालत बन्द हुने गर्छ । तर बिहान ११ देखि दिउँसो ३ बजेसम्म भने अदालत खुला हुने भएकाले बन्दी प्रत्यक्षीकरणको निवेदन माथि सुनुवाइ भने हुने सर्वोच्चले जनाएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १ गते शनिवार
प्रतिक्रिया