तुलसीपुर, ३० असोज । तुलसीपुर उपमहानगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखीएपछि कार्यालयका तिन वटा शाखा बन्द गर्ने निर्णय गरिएको छ । शुक्रवार कार्यवाहक नगर प्रमुख माया शर्मा आचार्यको अध्यक्षतामा बसेको उपमहानगरपालिकाको बैठकले यस्तो निर्णय गरको हो ।
बैठकले उपमहानगरको सुचना शाखा, प्रशासन शाखा र खरिद शाखा अर्को निर्णय नभएसम्मका लागी बन्द गर्ने निर्णय गरेको विपद व्यवस्थापन समितिका शाखा प्रमुख भिम बहादुर खत्रीले जानकारी दिएका छन् । विहिवार प्रशासन प्रमुख र बुधवार सुचना अधिकारीलाई कोरोना पुष्टि भएको थियो ।
यसअघि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख सहित स्वकिय सचिवलाई समेत कोरोना पुष्टि भएकाले विहिवार सम्म उपमहानगरपालिकालाई सिल गरिएको थियो । उनका अनुसार ती शाखाबाट अतिआबश्यक बाहेक अन्य सवै सेवा बन्द हुनेछ । साथै कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्येनजर गदै उमहानगरपालिकाले आवश्यकताको आधारमा विद्यार्थी सिकाई सहजीकरणलाई समेत स्थगित गर्ने जनाएको छ ।