मालपोत कार्यालयमा प्रशासनको छापा,कर्मचारी सहित २१ जना पक्राउ

दाङ, ३० असोज । वीरगञ्जस्थित मालपोत कार्यालय पर्सामा प्रशासनले छापामारी गरेको छ । लेखापढी व्यवसायीसहित बिहीबार राति अबेरसम्म कार्यालयमा बसेर अवैध काम भइरहेको सूचनाको आधारमा प्रशासनले छापामारी गरेको हो ।

बिहीबार राति करिब पौने ९ बजेको समयमा गरिएको छापामारीको क्रममा निमित्त प्रमुख सुमन कुमार झासहित १३ जना कर्मचारी र ८ जना लेखापढी व्यवसायीलाई प्रशासनको टोलीले नियन्त्रणमा लिएको थियो ।

वडा प्रहरी कार्यालय विर्ताको सहयोगमा नियन्त्रणमा लिइएका कर्मचारीहरुलाई बोलाएको समयमा हाजिर हुनेगरी छाडिएको छ । लेखापढी कानुन व्यवसायीहरुलाई भने अनुसन्धानका लागि प्रहरी हिरासतमै राखिएको छ । कार्यालय समय वितिसकेको अवस्थामा पनि बाहिरी व्यक्तिहरु सहित कार्यालयमा कामकाज भईरहेको भन्ने गोप्य सुचनाको आधारमा स्थानिय प्रशासनले छापा मारेको बताईएको छ ।

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार
प्रतिक्रिया