
तुलसीपुर,३० असोज । तुलसीपुर उपमहानगरपालिकाका दुई वटा वडामा हाल सक्रिय कोरोना संक्रमितको संख्या शुन्य रहेको छ । अर्थात कोरोना सक्रमण मुक्त भएको एक तथ्याङकले देखाएको छ । उपमहानगरका १९ वटै वडा मध्ये दुई वडामा शुक्रवार विहान सम्मको विवरण अनुसार सक्रिय संक्रमित नभएको उल्लेख छ ।
अन्य वडामा भने अझै सक्रिय संक्रमित रहेका छन् । तुलसीपुर वडा नम्वर ११ मा ४ जना र वडा नम्वर १७ मा ४ जना संक्रमित निको भइसकेका छन् । अहिले ती वडामा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ ।
यस्तैगरी वडा नम्वर १ मा ३ जना, वडा नम्वर २ मा ३ जना, वडा नम्वर ३ मा १ जना, वडा नम्वर ४ का चार जना, वडा नम्वर ५ का ३१ जना, वडा नम्वर ६ का ४५ जना, वडा नम्वर ७ का १३ जना, वडा नम्वर ८ का ७ जना, वडा नम्वर ९ का ४ जना, वडा नम्वर १० का १ जना, वडा नम्वर १२ का ११ जना, वडा नम्वर १३ का ५ जना, वडा नम्वर १४ का १ जना, वडा नम्वर १५ का १ जना, वडा नम्वर १६ का ४ जना, वडा नम्वर १८ का ६ जना र वडा नम्वर १९ का ३ जना सक्रिय संक्रमित रहेको उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।
उनका अनुसार १४२ जना संक्रमिय संक्रमित रहेका छन् भने २२६ जना निको भईसकेका छन् । तुलसीपुरमा हाल सम्म ३६८ जनामा कोरोना पुष्टि भएको छ ।