वडा अध्यक्षको अचानक निधन

दाङ, ३० असोज । एक वडाध्यक्षको अचानक निधन भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ५ का ७० वर्षीय वडाध्यक्ष केशव मडैको बिहीबार साँझ निधन भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

एक्कासी घरमा लडेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

वडाध्यक्ष मडै लामो समयदेखि सुगर, प्रेसर र जन्डिसको बिरामी समेत रहेको बुझिएको प्रहरीले बताएको छ । उनी तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार
प्रतिक्रिया