दाङ प्रहरीद्धारा सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

दाङ, ३० असोज । जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्व लक्षित जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जानकारी दिएको छ । नजिकिदै गरेको नेपालीहरुको महान चाड बडा दशैं, दिपावली तथा छठ पर्वको अवसरमा यात्रुहरुलाई कुनै समस्या भए सहयोग गर्ने उद्देश्यका साथ विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरीएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

उनका अनुसार जिल्लाका प्रमुख बजार तुलसीपुर बसपार्क, घोराही बसपार्क, भालुवाङ, हापुरे, अमिलिया, लमही र पुलचोक भालुवाङमा यात्रु सहायता कक्ष स्थापन ा गरिएको छ । कुनै मानिस एक ठाउँबाट अर्को ठाउँमा जादा यात्रु ठगीने, सवारी साधनमा धेरै यात्रु राख्ने, महिला, जेष्ठ नागरिकको आरक्षण सिटलाई व्यवास्ता गदै यात्रुलाई दुख दिने, सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, चालक र सहचालकबाट यात्रुहरुलाई अभद्र ब्यवहार हुने, सवारी साधनको अस्वभाविक प्रतिस्पर्धा गरी सवारी दुर्घटनाको जोखिम बढाउने जस्ता कुरालाई न्यनीकरण गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यो समयमा कोहि कसैलाई समस्या परे तत्काल नजिकको प्रहरी चौकी वा १०० मा खवर गर्न पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार
प्रतिक्रिया