दाङको कोइलाबास नाकामा (डेमो) प्रदर्शनी परिक्षण

कोइलाबास, ३० असोज / बिहिवार विहान दाङको कोइलाबासका स्थानिय सर्वसाधरण तथा स्थानियलाई बोलाएर भारतसंग जोडिएको दाङको कोइलाबास नाकाको प्रवेशद्वरामा निकै भिडभाड र भरिभराउ गराइयो । भारतको तुलसिपुर, बलरामपुर लगायत अन्य स्थानबाट खाद्यान्न अन्य सामाग्री किनमेल तथा औषधी उपचार गरेर नेपाल प्रवेश गर्ने मुलगेटमा सबैलाई एकवद्ध रुपमा लाइनमा बसालियो । लामो लस्कर थियो । सोहि मुलगेटको भिडभाडबाटै दाङको गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास नाका निवासी ध्रुवरत्न तुलाधर भारतको बलरामपुरबाट कोइलाबास हुदै नेपाल प्रवेश गरेको परिचय दिए ।

तर तुलाधार भारत गएका थिएनन । सोही क्रममा तुलाधरलाई हात धुने कक्षमा साबुन पानिले मिचिमिचि हात धुन लगाइयो । हात धोए लगत्तै सहयोग कक्षमा स्वास्थ्य सम्बन्धि सोधपुछ गरियो र उनकाे ज्वरो चेक गराउने कक्षमा ज्वरो चेकजाँच गरियो । त्यसपछि जानकारी कक्षमा (कोभिड १९) सम्बन्धी जानकारी गराईयो ।

त्यसपछि उहाँलाई तपाई स्वास्थ हुनुहुन्छ भन्दै मास्क वितरण कक्षबाट मास्क वितरण गरियो र सजिलै नेपाल प्रवेश गर्न दिइयो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बाहिनिका बाहिनिपति सशस्त्र प्रहरी नायब माहानिरिक्षक किशोर प्रधानको पहलमा लुम्बिनी प्रदेश अन्तरगत तराईका छवटा जिल्लामा सशस्त्र प्रहरीले (डेमो) प्रदर्शनी गर्ने तयारी अवस्थामा रहेको छ ।

जसअन्तरगत दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमको सिमाक्षेत्रमा भारतबाट नेपाल प्रवेश गर्दा कोरोना भाइरस (कोभिड १९) सम्बन्धी अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा बारे सशस्त्र प्रहरी बलले (डेमो)प्रदर्शनी संचालन गर्न लागेको सशस्त्र प्रहरी बल २९ नम्बर गण हेकुवा ज्वालामाई गण भालुवाङ्का एसपी  टोपबहादुर खनालले जानकारी दिए ।

बिहिवार भारतसंग जोडिएको दाङको मुख्य कोइलाबास नाकामा सशस्त्र प्रहरी बलले (डेमो)प्रदर्शनी परिक्षण संचालन गरेको हो । यस्तो महामारीको बेला सिमाक्षेत्रमा आएर डेमो (प्रदर्शनी) कार्यक्रमको आयोजना गरि स्वास्थ्य सम्बन्धित जानकारी गएकोमा स्थानिय ध्रुबरत्न तुलाधारले खुसि व्यक्त गरे ।

कोरोना भाइरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणको गर्नको लागि नेपाल सरकारले चैत्र एघार गतेदेखि नेपाल भारत सिमाना पूर्णरुपमा सिल गरेको हो । सिमाक्षेत्र खुलेपछि स्थानीय तथा सर्वसाधारण नेपाल भारत आवतजाव गर्दा भित्रीन सक्ने कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि कोइलाबास नाकामा डेमो प्रदर्शनी परिक्षणद्धरा स्थानियलाई सचेतना गराइएको एसपी खनालले जानकारी दिए ।

 बोर्डर खुलेपछि कसरी सुरक्षा अपनाउने, आवतजावतमा कसरी स्वास्थ्य मापदण्ड अपनाउने विधि बारे जानकारी गराइएको हो । सिमाक्षेत्र खुलिसकेपछि भारतबाट नेपाल प्रवेश गर्ने स्थानीय वा अन्य भारतीय नागरिकलाई डेमोमा चेकजाँच गर्दा ज्वरो देखिएमा क्वारेन्टाइनमा राख्ने व्यवस्था रहने सशस्त्र प्रहरी बल वि.ओ.पि कोइलाबास दाङका माधवप्रसाद ढुङ्गेलले जानकारी दिए ।
यता गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले सिमा खुलेपछि डेमो राख्ने अभियानलाई तिब्रता दिने प्रतिवद्धता जनाए । गाउँपालिका तथा वडाको फलहल कोइलाबास नाकाको प्रवेशद्धारा डेमोको व्यवस्थापन गर्ने वडाध्यक्ष सिद्दिकिले बताए ।

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार
प्रतिक्रिया