
फाईल फोटो
तुलसीपुर, २९ असोज । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ भमकेबाट प्रहरीले नगद सहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ ।
सोहि ठाउँका ४९ बर्षका गिरीराज गरङजाको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरदाङबाट प्रहरी निरीक्षक मोहन बिक्रम के.सीको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
बिहिवार दिउँसो चार बजे प्रहरी टोलीले जुवाको खालबाट नगद २४ हजार ३ सय ६५ रुपैया नगद सहित ३ गड्डी तास बरामद गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा घरधनी गरङजा सहित सोहि ठाउँका ५३ बर्षिय जय बहादुर घर्ति, ४७ बर्षिय हिरालाल खनाल, २९ बर्षिय प्रेम बहादुर राई र २८ बर्षिय नबिन भनिने नेत्रमणी आचार्य रहेका छन् । पक्राउ परेका माथी आबश्यक अनुसनधान भईरहेको प्रहरीले बताएको छ ।