तुलसीपुर, २९ असोज । तुलसीपुर उपमहानगरपालिका कार्यालयका प्रशासन प्रमुखलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट लिईएको स्वाव परिक्षण गराउदा उनको रिपोट पोजेटिभ आएको हो ।
त्यस्तैगरी तुलसीपुर निवासी नेकपाका नेतालाई पनि कोरोना संक्रमण भएको छ । तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन बिमल केसीका अनुसार विहिवार प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणमा उनीहरु सहित तुलसीपुरका ४ महिला र १८ पुरुष गरी २२ जनालाई संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार