नयाँ बजारमा सिलिन्डर ग्यास बिस्फोट

काठमाडौँ, २९ असोज । काठमाडौँको नयाँ बजारमा सिलिन्डर ग्यास बिस्फोट हुँदा ६ जना घाइते भएका छन् । नयाँ बजारको फलफुल चोकस्थित घरमा ग्यास सिलिण्डर बिस्फोट भएको हो ।

बिहान ११ बजेर ५० मिनेट जाँदा किरिया पुत्री बसेको ठाउँमा सिलिन्डर बिस्फोट भएको हो । घाइते भएका मध्ये दुईजनाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी दीपक खड्काले जानकारी दिए ।घाइतेहरुको त्रिवि शिक्षण अस्पताल, मनमोहन अस्पताल र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार
प्रतिक्रिया