दाङमा कोरोना दिनप्रतिदिन बढ्दो,एकै दिन जिल्लाका चार वटा कार्यालय सिल

तुलसीपुर २९ असोज ।दाङ सहित देशभर फैलिएको कोरोना माहामारी दिनप्रतिदिन बढ्दो छ । सुरुमा बाहिरी मुलुकबाट आउने नागरिकहरुमा मात्रै देखा परेको कोरोना संक्रमण पछिल्नो समय समुदाय स्तरमै फैलिएपछि झनै जोखिम बढेको छ ।कोरोना रोकथाम तथा नियन्त्रणका लागी गएको चैत ११ गतेदेखी बन्दाबन्दी भएको समयमा थोरै संख्यामा संक्रमण फैलिएको थियो । तर बन्दाबन्दी खुला भएसंगै दाङमा दिनप्रतिदिन कोरोना संक्रमीत बढ्दै जान थालेका छन् । विगतमा समुदाय स्तरका नागरिक , विदेशबाट घर फर्किएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखा परेको थियो ।

त्यसपछि अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, जनप्रतिनिधि सहित कर्मचारी, उद्योगी, व्यापारी, शिक्षक, यातायात मजदुर लगाएतका मानिसमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसरी सरकारी कर्मचारीमा समेत कोरोना देखीन थालेपछि लामो समय पछि खुलेका कार्यालयहरुले फेरी सेवा स्थगित गर्न थालेका छन् । बुधवार मात्रै जिल्लाका चार वटा सरकारी कार्यालय र एउटा खानेपानी संस्थाको कार्यालयले नियमित सेवा बन्द गरेका छन् । कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला समन्वय समिति, घोराही उपमहानगरपालिका १३ को वडा कार्यालय र नापी कार्यालय तुलसीपुरलाई केहि दिनका लागी सिल गरिएको छ । साथै तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यालय पनि सिल गरिएको छ ।

यस अघि पनि तुलसीपुर उपमहानगरपालिका कार्यालय, दाङ देउखुरी जिल्ला अदालत, मालपोत कार्यालय घोराही, बबई गाउँपालिका कार्यालयलाई सिल गरिएको थियो भने केहि कार्यालय अझै पनि जारी छ ।यस्तैगरी शान्तीनगर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखीएपछि लामो समय सम्म कार्यालयलाई सिल गरिएको थियो । सरकारी कर्मचारी देखी निजि संस्थाको कार्यालयका कर्मचारीमा समेत कोरोना देखीन थालेपछि कार्यालयहरु निश्चित समयका लागी बन्द हुने र खुल्ने क्रम पनि बढ्ेको छ ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार
प्रतिक्रिया