
दाङ, २८ असोज । लुम्बिनी प्रदेशका सांसद शंकर गिरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा उनको कोरोना रिपोट पोजेटिभ आएको हो ।
कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएका छन् । यसअघि दाङका लुम्बिनी प्रदेशका सांसद तथा लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीलाई पनि संक्रमण पुष्टि भएको थियो । उनी सहित लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कुष्णी थारु, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसी लगाएत ३५ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार