सुचना अधिकृत सहित तुलसीपुरमा थप ८ जनामा कोरोना पुष्टि

तुलसीपुर, २८ असोज । तुलसीपुर उपमहानगरपालिकामा बुधवार थप आठ जनामा कोरोना पुुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएकोे कोरोना परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकृत सहित आठ जनामा कोरोना पुष्टि भएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

जसमा तुलसीपुर ५ का २८ बर्षिय एक पुरुष, वडा नम्वर ६ का १७,३२,२६ बर्षका एक पुरुष, वडा नम्वर ७ का २७, ३४ वर्षका दुई पुरुष, वडा नम्वर १४ का ३६ वर्षका एक पुरुष, वडा नम्वर १८ का ३९ वर्षका एक पुरुषमा कोरोना पुष्टि भएको हो ।

ती संक्रमित मध्ये तिन जनाको पुन कोरोना परिक्षण गराउदा संक्रमण पुष्टि भएको हो । फोकन पर्सन केसीका अनुसार आठ मध्ये केहि स्वास्थ्यकर्मी पनि संक्रमित रहेका छन् । यो संगै तुलसीपुरमा कोरोना संक्रमितको संख्या ३४६ पुगेको छ ।यस अघि मंगलवार गरिएको कोरोना परिक्षणमा तुलसीपुरका १२ जनामा कोरोना पुष्टि भएको थियो । यस अघि नगरप्रमुख घनश्याम पाण्डे सहित स्वकिय सचिवमा कोरोना पुष्टि भएपछि उपमहानगरपालिकालाई सिल गरिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार
प्रतिक्रिया