
तुलसुीपुर, २८ असोज । तुलसीपुरमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा १० जना तथा भेरी अस्पताल र टेकु काठमाडौंमा १÷१ एक जना गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।उनीहरु सवैको मंगलवार परिक्षण गरि रिपोट बुधवार विहान आएको छ ।
ती संक्रमित मध्ये एक जना नापी कार्यालयका कर्मचारी रहेका छन् ।त्यस्तैगरी तुलसीपुर बजार क्षेत्रका फेन्सी पसल , सुनचाँदी पसल व्यवसायीहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । साथै भारतबाट घर आएका तिन जनामा पनि कोरोना पुष्टि भएको छ ।संक्रमित हुनेमा तुलसीपुर ५ का ३३, ३७, ३०, ५१ र ६२वर्षका गरी पाँच जना पुरुष, वडा नम्वर १२ का ३२ बर्षिय एक पुरुष, वडा नम्वर ३ का ३२ वर्षका पुरुष, वडा नम्वर ८ का ३५,४२ वर्षका दुई पुरुष, वडा नम्वर ९ का १९ वर्षका एक पुरुष,वडा नम्वर ७ का २७ वर्षका एक महिला , वडा नम्वर ६ का ५२ वर्षका एक पुरुष रहेका छन् ।
यो संगै तुलसीपुरमा संक्रमित हुनेको संखाय ३३८ पुगेको छ ।जसमा सक्रिय संक्रमित ११५ जना रहेका छन् भने २२३ जना निको भईसकेका छन् । ती संक्रमित मध्ये १०१ जना होम आईसोलेसनमा बसेका छन् भने पाँच जना बेलझुण्डी कोरोना विशेष अस्पतालमा ,एक जना भेरी अस्पतालमा र ८ जना होटेल आईसोलेसनमा बसेका छन् ।