देशभर ३ हजार पाँच सय बढि संक्रमित थपिए

काठमाडौ, २७ असोज । वितेको २४ घण्टामा देशभर ३ हजार ५ पाँच ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ५७७ जनाको नमुना स्वाव परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमित मध्ये २१३९ जना काठमाडौंका छन् । स्वास्थय तथा जनसंख्या मनत्रालयका अनुसार यो संगै कुल संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । ती मध्ये ६६३ जनाको मृत्यु भएको छ भने ७८ हजार ७८० संक्रमणमुक्त भएका छन् । मंगलवार थप १५०३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया