बंगलाचुली गाउँपालिकामा बिकास निर्माणमा डोजर/स्काभेटर प्रयोग नहुने

कमिरेचौर,२७ असोज ।दाङको बंगलाचुली गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ को लागि छनौट भएका योजनाहरुलाई श्रमको माध्यमबाट सम्पन्न गर्ने भएको छ ।गाउँपालिकाको ८ वटै वडामा छनौट भएका विकास निर्माणका योजनाहरुमा उपभोक्ता समिति मार्फत स्थानियहरुलाई श्रम लगाई योजना सम्पन्न गर्ने रणनिति लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी दिए ।
श्रममा आधारीत योजनाले (कोभिड १९ )काकारण गाउँघरमा रहेका बेरोजगार जनशक्तिले रोजगार पाउने र उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा राखिएको वलीले बताए ।अब बंगलाचुलीकाका उपभोक्ता समितिका पदाधिकारीहरुले छनोट भएका योजनाहरु सम्पन्न गर्दा डोजर÷स्काभेटर बिनै काम गर्नु पर्ने छ ।गाउँपालिकाका ८ वटै वडाका उपभोक्ता समितिका पदाधिकारीहरुले योजनाहरु सम्पन्न गर्न डोजर÷स्काभेटर प्रयोग गर्न नपाउने प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले बताए ।

जसका लागि गाउँपालिकाद्वारा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सम्पन्न गर्नका लागि अभिमुखिकरण कार्यक्रम मार्फत प्रशिक्षित गर्ने काम भईरहेको छ । गाउँपालिकाले मंगलबार वडा नंम्वर १ देखि ६ नम्बर वडा सम्मका उपभोक्ता समितिका पदाधिकारीहरुलाई श्रममा आधारीत योजना सम्पन्न गर्नका लागि प्रशिक्षत गरेको छ ।मंगलबार वडा नम्बर १ र २ को स्यूजामा, ३ र ४ को कमिरेचौरमा वडा नम्वर ५ र ६ को झेलनेटामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भने वडा नम्वर ७ र ८ का उपभोक्ता समितिका पदाधिकारीहरुलाई भोलि योजना संचालन तथा सम्पन्न गर्ने विषयमा प्रशिक्षित गरिने छ ।

अभिमुखिकरण कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले विकास निर्माणका योजनाहरुमा डोजर लगाउँदा स्थानिय बेरोजगार भएको हुँदा गाउँपालिकाले श्रममा आधारित योजना संचालन गरेको बताए । अध्यक्ष वलीले गाउँपालिकाको विकास संग(सङ्गै वेरोजगार जनशक्तिले रोजगार समेत पाउने हुँदा सबैले उत्साहपूर्ण तरिकाले श्रममा आधारित योजनाको काममा सहभागि हुन अपिल समेत गरेका छन् ।
अभिमुखिकरण कार्यक्रमको व्यवस्थापन तथा संचालन लेखा अधिकृत नारायण प्रसाद आचार्य,प्रशासन प्रमुख गोपाल केसी,योजना अधिकृत विपिन खनाल,ईन्जिनियर विकेश न्यौपाने,सवईन्जिनियर शक्तिसिँह जिसी, सहायक कम्युटर अपरेटर प्रेम डाँगी लगाएतले गरेका थिए । कार्यक्रममा विभिन्न योजनाका उपभोक्ता समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया