दाङमा १५६ जनाको परिक्षण गर्दा ६० जनामा संक्रमण देखीयो

दाङ, २६ असोज । दाङमा सोमवार कोरोना परिक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा दाङ सहित विभिन्न जिल्लाका गरी १५६ जनाको कोरोना परिक्षण गर्दा ६० जनाको रिपोट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार जिल्लाको तुलसीपुर, घोराही, लमही, राप्ती, बबई, गढवामा संक्रमित थपिएका छन् भने सल्यान, प्युठान, रोल्पा, सुर्खेत र जाजरकोट नागरिकको कोरोना परिक्षण गरिएको हो ।

ती मध्ये सवैभन्दा धेरै घोराहीमा २२ जनामा कोरोना पुष्टि भएको छ । यस्तैगरी तुलसीपुरका १६, बबईका ६ जना, प्युठानका तिन जना, गढवाका २ जना, राप्तीका १ जना, लमहीका १ जना, सुर्खेतका १ जना, जाजरकोटका १ जना, सल्यानका १ जना र रोल्पाका दुई जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा ४१ जना पुरुष र १९ जना महिला रहेका छन् ।

प्रकाशित मिति : २०७७ असोज २६ गते सोमवार
प्रतिक्रिया