होम आईसोलेशनमा बसेका संक्रमितलाई थप समस्या भएपछि रातारात बेलझुण्डी लगीयो

तुलसीपुर , २६ असोज । होम आईसोलेसनमा बसेको एक जना कोरोना संक्रमितलाई स्वास्थयमा थप समस्या देखीएपछि गएराती कोरोना विशेष अस्पताल बेलझुण्डीमा लगीएको छ । तुलसीपुर १८ का २८ बर्षिय एक पुरुष कोरोना संक्रमण पुष्टि भएपछि होम आईसोलेशनमै बस्दै आएका थिए ।

तर गएराती ती पुरुषमा एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि एम्बुलेन्स मार्फत बेलझुण्डी लगीएको तुलसीपुरका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् । स्थानिय प्रहरी, अस्पताल व्यवस्थापनका टोली र स्वास्थयकर्मीको सहयोगमा उनलाई कोरोना विशेष अस्पताल पु¥याईएको उनले जानकारी दिएका छन् ।उनलाई केहि दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई अस्पतालमा अहिले अक्सिजन दिएर राखीएको छ । उनी घोराही तुलसीपुर सडक खण्डमा गाडी चलाउने बस चालक समेत भएको बताईएको छ ।

प्रकाशित मिति : २०७७ असोज २६ गते सोमवार
प्रतिक्रिया