जिल्ला प्रशासन दाङले शुक्रवार सम्म नियमित सेवा बन्द गर्ने

दाङ, २५ असोज । जिल्ला प्रशासन कार्यालय दाङले आउदो शुक्रवार सम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने जनाएको छ । कार्यालयले आईतवार एक सार्वजनिक सुचना जारी गदै एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अन्य केहि कर्मचारीहरुको कोरोना रिपोट आउन बाँकी रहेकाले कार्यालयको नियमित सेवा स्थगन गर्ने जनाएको छ ।

कार्यालयका प्रशासकिय अधिकृत अम्मरराज शर्माले जारी गरेको सुचनामा शान्ती सुरक्षा, मुद्धा लगाएतका सेवा बाहेक अन्य सेवा बन्द गरिने उल्लेख गरिएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गदै यहि असोज ३० गते सम्मका लागी नियमित सेवा स्थगन गरिएको हो ।

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
प्रतिक्रिया