डाक्टर केसीले जुस पिएर १९ औँ अनसन स्थगित गरे

काठमाडौ, २५ असोज । डाक्टर गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डाक्टर केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् ।केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

ती ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका व्यक्ति हुन् ।चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा . केसीले गत भदौ २९ गते देखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं लगीएको थियो ।

उनलाई त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा राखिएको थियो ।अस्पताल परिसरमा अनशन तोडिदै गर्दा केसीका समर्थकहरुले फेरि आमरण अनशन बस्न नपरोस्’ भन्ने लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
प्रतिक्रिया