
काठमाडौ, २५ असोज । सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमतिभएको छ । २७दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिवार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् । डा. केसीले अब आईतवार अनसन तोड्ने छन् ।सरकार र डा. केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ ।
यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षा सम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदा सम्म वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ । यस्तै चिकित्साशिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १० लाईपनि राख्ने सहमतिमा उल्लेख छ ।
प्रदेश २ को बर्दिबासमा सरकारी मेडिकल कलेज स्थापनागर्न शिक्षामन्त्रालयले बजेट व्यवस्थागर्ने सहमतिपनिभएको छ । पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकतहको शैक्षिककार्यक्रम सुरु गर्न पूर्वाधार निर्माणलाई जोड दिइने भएको छ । डोटी वा डडेलधुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न एक वर्षभित्रशिक्षामन्त्रालयले प्रक्रिया अघि बढाउने सहमतिभएको सचिव मैनालीले जानकारी दिए । यस्तै सप्तरीस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माणलाई तीव्रतादिने सहमतिभएको छ ।