तुलसीपुर ७ को वडा कार्यालय पाएक पर्ने स्थानमा सार्न माग

तुलसीपुर, २४ असोज । तुलसीपुर ७ को वडा कार्यालय सबैको पाएक पर्ने स्थानमा सार्न एक कार्यक्रमका सहभागीहरुले माग गरेका छन् । शनिवार कालाखोलामा सम्पन्न भएको एक भेलाले वडा कार्यालय आम वडाबासीको पाएक पर्ने स्थानमा सार्न माग गदै एक समिति समेत गठन गरेको छ । वडा कार्यालय हाल खर्चुवामा रहेको छ ।

बेत्रावोती युवा क्लबका अध्यक्ष सेर बहादुर चौधरीको अध्यक्षतामा भएको भेलाले वडा कार्यालय सार्ने विषयमा अध्ययन तथा सुझाव समिति गठन गरेको हो । सो भेलामा सहभागीहरुले हालको वडा कार्यालयलाई सबैको पाएक पर्ने स्थानमा सार्नु पर्ने माग गरेका छन् । भेलाले डिल्लीराज भुसालको संयोजकत्वमा ९ सदस्यीय सुझाब तथा दबाब समिति गठन गरेको छ।

उक्त समितिले वडा कार्यालय उपयुक्त ठाउँमा सार्न ज्ञापन पत्र बुझाउने , वडाका सरोकारवाला निकायसंग छलफल गर्ने र आफुहरुको माग सुनुवाई नभए थप आन्दोलन गर्ने निर्णय समेत भएको बताएका छन् । भेलामा नया नेपाल युवा क्लबका अध्यक्ष मधुसूदन भुसालले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार
प्रतिक्रिया