तुलसीपुर २४ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले दशैँतिहार जस्ता चाडपर्वलाई मध्यनजर गरी चामलमा ५ प्रतिशत छुट दिएको छ । बिगतका वर्षजस्तै कार्यालयबाट चामलमात्रै बिक्रि गरिने र अहिले सबै किसिमका चामल ५ प्रतिशत छुटमा बिक्रि भइरहेको कार्यालय प्रमुख माधव मिश्रले जानकारी दिए ।
कार्यालयले बजार मूल्यभन्दा सुपथ मूल्यमा चामल बिक्रि गरेपनि उपभोक्ता बढ्न नसकेको बताउँदै उनले सम्पूर्ण उपभोक्तालाई सुपथ मुल्यमा चामल खरिद गर्न आग्रह गरे । उनले कार्यालयबाट उपभोक्ताले प्रति परिवार १ देखि डेढ क्विन्टल चामल लैजान सक्ने बताए । उनले कार्यालयबाट अहिले जिरा स्टिम चामल बढी बिक्रि भइरहेको बताए । यसैबिच उपभोक्ताको सहजताका लागि अनलाईन प्रणाली पनि छिटै लागु गर्न लागेको कार्यालय प्रमुख मिश्रले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार