तुलसीपुरमा शुक्रवार १४ जनामा कोरोना पुष्टि

तुलसीपुर, २३ असोज । शुक्रवार तुलसीपुरमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट स्वाव संकलन गरी शुक्रवार कोरोना परिक्षण गर्दा तुलसीपुरका १४ जनामा संक्रमण पुुष्टि भएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् । संक्रमित हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का १८ बर्षिया एक महिला र २८,२६,२१ बर्षिय तिन पुरुष गरी चार जनामा कोरोना पुष्टि भएको हो ।

यस्तैगरी वडा नम्वर ६ का ४३ बर्षिया एक महिला सहित ३५, २३, २१ वर्षका तिन पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएको फोकल पर्सन केसीले जानकारी दिएका छन् । वडा नम्वर १८ मा २२ बर्षिया महिला सहित ३४, ३५, २१ बर्षिय तिन पुरुष गरी चार जना, वडा नम्वर १५ मा २७ बर्षिय एक पुरुष र वडा नम्वर १९ का ३६ बर्षका एक पुरुषमा कोरोना पुष्टि भएको हो । यो संगै तुलसीपुरमा कोरोना संक्रमित हुनेको संख्या ३०२ पुगेको छ । जसमा ९४ जना हाल सक्रिय संक्रमित रहेका छन् भने बाँकी अन्य निको भई डिस्चार्ज भईसकेको फोकल पर्सन केसीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया