विषालु सर्पको टोकाईबाट पश्चिम दाङमा बालिकाको मृत्यु

तुलसीपुर, २३ असोज । पश्चिम दाङमा विषालु सर्पको टोकाईबाट डेढ बर्षिया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तीनगर गाउँपालिका वडा नम्वर ६ तिनबारी बस्ने सेर बहादुर वलीका डेढ बर्षिया छोरी अस्मिता वली रहेको प्रहरीले बताएको छ ।

शुक्रवार दिउँसो आफनै घरमा खेलिरहेको अवस्थामा बालिकाको दाहिने हातमा सर्पले डसेको थियो । सर्पको टोकाईबाट गम्भिर विरामी परेकी बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा दिउँसो २ बजे निधन भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया