वडा अध्यक्षको पार्थिव शरीरमा झण्डा ओढाएर श्रद्धान्जली अर्पण

तुलसीपुर, २३ असोज । तुलसीपुर उपमहानगरपालिका–१३ का वडाध्यक्ष डम्बर न्यौपानेको पार्थिव शरीरमा दुई वटा झण्डा ओढाईएको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारककै क्रममा निधन पछि स्टेक्चर मार्फत अरनीको मैदानमा लगेर नेपाली काग्रेस र तुलसीपुर उपमहानगरपालिकाले झण्डा ओढाएर श्रद्धान्जली व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ का वडा सभापति समेत रहेका वडा अध्यक्ष न्यौपानेको पार्थिव शरीरमा कांग्रेसका जिल्ला सभापति कृति बहादुर खड्काले पाटीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली व्यक्त गरेका छन् । यस्तैगरी तुलसीपुर उपमहानगरपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकिय अधिकृत भाष्करराज गौतमले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् ।

केहि दिन देखी टाइडफाईड र निमोनियाका कारण बिरामी परेका वडा अध्यक्ष न्यौपानेको शुक्रवार विहान साढे १० बजे ६५ बर्षको उमेरमा निधन भएको हो । उनी २०७४ सालको स्थानिय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया