ग्रामिण भेगमा बत्ती नबाल्दै पोल ढल्ने खतरा

   फाईल फोटो

तुलसीपुर, २३ असोज । तुलसीपुरको एक वडामा ग्रामिण भेगमा बत्ती नबाल्दै विद्युतका पोल ढल्ने खतरा बढेको छ । गत आर्थिक वर्ष ०७६÷७७ मा तुलसीपुर ३ स्थित पैयाखोरे देखी सातबास हुदै कल्ले,बल्ले,सितधाराको ग्रामिण भेग सम्म बिद्युत विस्तारका लागी गाडीएको विद्युतको पोल ढल्ने खतरा रहेको स्थानियले बताएका छन् । त्यस क्षेत्रमा विद्युत विस्तारका लागी अहिले तार तानिएको छ । विद्युत पोल गाडेर तार विस्तार गरे पनि विद्युत सुचारु अझै भएको छैन ।

तर विद्युत सुचारु नहुदै तार तानेका विद्युतका पोलहरु ढल्ने खतरा बढेको स्थानियको भनाई छ । सडकको छेउछाउमा गाडिएका पोलहरु मध्ये कतिपय पोलहरु बाङिगएर ढल्ने अवस्थामा पुगेकाले विद्युत सुचारु गर्दा भविस्यमा अर्को घटना हुन सक्ने स्थानियले बताएका छन् । ठेकेदार मार्फत भएको विद्युत विस्तारमा जमिन मुनि पोल थोरै गाडीएको हुदा यस्तो जोखिम बढेको स्थानियले बताएका छन् । साथै स्थानियले

विद्युत विस्तार काम बारे सम्वन्धित निकायले अनुगमन नगरेको पनि आरोप लगाएका छन् । ठेकेदार मार्फत भएको विद्युत विस्तारको काममा नेपाल बिद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले बारम्बार अनुगमन गर्नुपर्ने भएपनि त्यसो नहुदा बत्ती नबाल्दै विद्युतको पोल ढल्ने खतरा बढेको उनीहरुको भनाई छ ।यता नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख जगन्नाथ लामीछानेले कार्यालयबाट उक्त कामको पटकपटक अनुगमन भईरहेको दावी गरेका छन् ।

गत आर्थिक वर्षमा टेण्डर आह्वान गरी भईरहेको कामको बारेमा कार्यालयबाट आफु र प्राविधिक टोलीले पटकपटक अनुगमन गरेको र त्यो कुरा स्थानियलाई थाहा नभएको हुन सक्ने बताएका छन् । भैरव निर्माण सेवा मार्फत काम भईरहेको र अझै काम पुरा भईनसकेको हुदा यदी त्यस्तो कुनै कमीकमजोर भेटिएमा फेरी सुधार गर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया