जुत्तामा लुकाएर ल्याएको १ किलो अवैध सुन सहित दाङमा ३ जना पक्राउ

तुलसीपुर २२ असोज । जुत्तामा लुकाएर ल्याएको अवैध सुन सहित प्रहरीले दाङमा तिन जनालाई पक्राउ गरेको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत लमही नगरपालिका ९ अमिलियाबाट तिन जनालाई सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

विहिवार विहान सवा ११ बजे पुर्व देखी पश्चिम तर्फ जादै गरेको प्रदेश ३।०१०२३ च ३२६१ नम्वरको सेतो क्रेटा कारलाई चेकजाँज गर्दा जुत्ता भित्र लुकाई छिपाई राखेको अवस्थामा एक किलो भन्दा बढि सुन जस्ता देखीने चारपाटे धातु फेला परेको डिएसपी खड्काले जानकारी दिएका छन् । पक्राउ पर्नेहरुमा गाडी चालक सुवास श्रेष्ठ ,घोराही उपमहानगरपालिका वडा नम्वर १४ बस्ने ४२ बर्षिय सम्मान कुमार श्रेष्ठ र गाडीमा सवार अपुर्व थैव श्रेष्ठ रहेका छन् ।

डिएसपी खड्का अनुसार चेकजाँच गर्दा घोराही १४ का सम्मान कुमार श्रेष्ठले दायाँ खुट्टामा लगाएको जुत्ता तलुवाको EMIRATES GOLD 500 g न एक थान र बाँया खुट्टामा लगाएको जुत्ताबाट ISTANBUL GOLD REFINERY MELTER & ASSAYER 500 g एक थान गरी दुई थान अवैध सुन लकाई छिपाई राखेको अवस्थामा फेला परेको हो ।

उनको साथबाट फेला परेको सुन डिजिटल मार्फत तौल गर्दा एक किलो दुई तोला ३.०६ आना अवैध सुन जस्ता देखी धातु बरामद गरिएको डिएसपी खड्काले बताएका छन् । साथै ६० हजार रुपैया नगद बरामद भएको छ । यस्तैगरी थैव श्रेष्ठको साथबाट चाँदीको सिक्रि सहित एक हजार एक सय २० रुपैया र गाडी चालक श्रेष्ठको साथबाट १२ हजार नगद बरामद गरिएको डिएसपी खड्काले जानकारी दिएका छन् । विशेष सुचनाको आधारमा पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार
प्रतिक्रिया