
तुलसीपुर, २२ असोज । तुलसीपुर उपमहानगरपालिका कार्यालय तथा १९ वटै वडा कार्यालयको सेवा केहि दिनका लागी बन्द हुने भएको छ । नगर प्रमुख सहित सचिवालय सदस्यमा कोरोना संक्रमण पोजेटिभ आएपछि विहिवार कार्यबाहक नगर प्रमुख माया शर्माको अध्यक्षतामा बसेको आपतकालिन बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले यहि असोज २९ गते बिहिवार सम्म तुलसीपुर उपमहानगरपालिका र सबै वडा कार्यालयमा सेवा बन्द गर्ने निर्णय गरेको नगरप्रमुखका प्रेस संयोजक बसन्त आचार्यले जानकारी दिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणमा नगरप्रमुख घनश्याम पाण्डे,स्वकिय सचिव धर्मराज वली सहित तुलसीपुर क्षेत्रका २१ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार