दाङमा जुत्ताभित्र एककिलो सुन लुकाएको आरोपमा तिन जना पक्राउ

देउखुरी, २२ असोज । पूर्वपश्चिम राजमार्ग अमिलियाबाट एक किलो सुनसहित ३ जना पक्राउ परेका छन् । दाङको लमही नगरपालिका वडा नम्बर ९ अमलियास्थित क्रेटा कारबाट सुन बरामद भएको हो ।

घोराहीबाट नेपालगञ्ज लैजान लागेको गोप्य सूचनाको आधारमा क्रेटा कार शंका लागि चेकजाँच गर्ने क्रममा जुत्ताभित्र लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको दाङका प्रहरी प्रवक्ता तथा डीएसपी सुमित खड्काले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार
प्रतिक्रिया