विद्युत काउण्टरमा आजदेखी पुनःटोकन प्रणाली लागु हुने

,तुलसीपुर , २२ असोज । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको विद्युत महसुल काउण्टरमा आज (विहिवार) देखी पुनःटोकन प्रणाली सुरु हुने भएको छ । कोरोना माहामारीको समयमा सेवाग्राहीहरुको भिडभाडलाई मध्येनजर गदै आज देखी महसुल काउण्टरमा टोकन प्रणाली लागु गर्न लागीएको केन्द्रका प्रशासनिक प्रमुख युवराज विष्टले जानकारी दिएका छन् ।

यस अघि सुचारुमा रहेको मेसिनमा केहि समय अगाडी बर्षा संगै परेको चट्याङ लागेर बिग्रिएको थियो । टोकन प्रणाली बन्द भएपछि सेवाग्राहीहरुको भिडभाड हुने र घण्टौ समय सम्म लाईनमा बस्नु पर्ने बाध्यता रहेको भन्दै नयाँ मेसिन जडान गरी पुन :टोकन प्रणाली सेवा सुचारु गर्न लागीएको उनले बताएका छन् ।

टोकन प्रणाली सुरु भएपछि भिडभाड कम हुने र सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दुरी कायम गर्न सकिने प्राधिकरणले बताएको छ । प्राधिकरणका चार वटा काउन्टरबा सेवा प्रवाह गर्दा पनि पालो कुर्नका लागी घण्टौ समय लाईनमा बस्नु पर्ने बाध्यता छ । टोकन प्रणाली लागु भएपछि घण्टौ समय लाईनमा बस्नु पर्ने बाध्यता अन्त्य हुने र सामाजिक दुरी पनि कायम हुने विश्वास रहेको प्रशासनिक प्रमुख विष्टले बताएका छन् । यस गर्दा सेवाग्राही र कर्मचारी दुवैलाई सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार
प्रतिक्रिया