दाङमा कोरोना परिक्षण गर्दा ५३ जना संक्रमित थपिए

दाङ, २१ असोज । दाङमा बुधवार कोरोना परिक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट संकलन गरिएको ९७ जनाको कोरोना परिक्षण गर्दा दाङ सहित अन्य जिल्लाका गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जम्मा संक्रमित मध्ये ४९ जना पुरुष र ४ जना महिला रहेका छन् । जिल्लाको घोराही, तुलसीपुर, लमही, गढवा, शान्तीनगर गाउँपालिका , दंगीशरण गाउँपालिका , प्युठान, सल्यान, बर्दिया ,रुपन्देही र रामेछाप नागरिकमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

जसमा तुलसीपुर उपमहानगरपालिकामा १७ जना कोरोना संक्रमण पुष्टि भएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् । तुलसीपुर २ का १ जना, ४ मा १ जना, ५ मा ९ जना, ६ मा २ जना, ७ मा १ जना,९ मा १ जना, १२ मा १ जना र १६ मा ३ जनमा कोरोना संक्रमण पुष्टि भएको केसीले जानकारी दिएका छन् । संक्रमित मध्ये दुई जनाको पुन कोरोना परिक्षण गर्दा रिपोट पोजिटिभ आएको हो ।

यस्तैगरी घोराही उपमहानगरपालिका वडा नम्वर ४ का १ जना, वडा नम्वर ५ का १ जना, ८ का १ जना, ९ का १ जना, १४ का १ जना, १५ का ७ जना र १७ का २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गढवा २ मा १ जना, वडा नम्वर ४ का १ जना, विरेन्द्रनगर ४ ठेगाना भएका एक जना, दंगीशरण १ का १ जना, शान्तीनगर गाउँपालिका ७ का २ जना, रामेछाप घर भएका १ जना, रुपन्देहीका २ जना, प्युठानका १ जना र सल्यानका १ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया