नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख नजिक

काठमाडौ, २१ असोज ।नेपालमा थप ३ हजार ३ सय ३९ जनामाकोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा बुधवार १४ हजार २ सय ९ पिसिआर परीक्षण गरिएकोमा थप ३ हजार ३ सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको बताएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ सङ्क्रमित थपिए सँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ९४ हजार २ सय ५३ पुगेको जानकारी दिए ।

यस्तै थप ११ सय २६ जना कोरोना सङ्क्रमित स्वस्थ भएको भन्दै डाक्टर गौतमले नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ६८ हजार ६ सय ६८ पुगेको बताए । डा. गौतमका अनुसार हाल नेपालभर २५ हजार ७ सक्रिय सङ्क्रमित रहेका छन् ।सङ्क्रमित मध्ये १० हजार ५ सय ९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १४ हजार ४ सय ११ जनाहोम आइसोलेसनमा रहेका छन् ।

काठमाडौं उपत्यकामा बुधवार थप १६ सय ८४ जना नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौंमा १२ सय ९६, भक्तपुरमा ९५ र ललितपुरमा २ सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा थप १५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार ९ वटा जिल्लाका गरि ५ महिला र १० पुरुष गरी १५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया