ग्रामिण स्तर सम्म कोरोना सचेतना फैलाउन युवाहरुलाई तालिम

तुलसीपुर, २१ असोज । दाङ सहित देशभर कोरोना सक्रमण फैलिने क्रम बढ्न थालेपछि दाङका युवाहरुलाई संक्रमण बारे प्रशिक्षण दिन थालिएको छ ।दलित महिला संघ दाङको आयोजना तथा नामसालिङ सामुदायिक विकास केन्द्रको आयोजनामा माहामारी नियन्त्रण गर्न स्वयम सेवक सम्बन्धी दुई दिने तालिम बुधवार देखी तुलसीपुरमा सुरु भएको छ ।

सोहि अवसरमा बोल्दै तुलसीपुर उपमहानगरपालिका विपद व्यवस्थापन समितिका संयोजक नवराज लामीछानेले हरेक काममा युवाहरुको महत्वपुर्ण भुमिका हुने बताएका छन् । यसका लागी स्वयम युवाहरु जागरुप हुनु पर्नेमा उनले जोड दिएका छन् । दलित महिला संघ दाङका अध्यक्ष युवा कराराको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला युवा परिषदका निवर्तमान अध्यक्ष सुरेस रावतले राष्ट्र र समाज निर्माणका लागी युवाहरुको महत्वपुर्ण योगदान हुने बताएका छन् ।

उनले कोरोना माहामारी देखी समाजमा हुने विभिन्न खाले विकृति , विसंङगति ,हत्या , बलात्कार , लागु औषध दुव्र्यसनी जस्ता गतिविधि रोक्नका लागी युवाहरुको महत्वपुर्ण भुमिका हुने बताएका छन् । विगतमा युवाहरुको हरेक काममा अग्रनी भुमिका , रहने गरेको बताउदै उनले कोरोना माहामारी रोकथाम तथा नियन्त्रण गर्न युवाहरु अझ थप शसक्त भएर लाग्नु पर्ने औल्याएका छन् ।

यस्तैगरी तुलसीपुर ६ का वडा सदस्य दुजमान भण्डारीले कोरोना माहामारीलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने बारे युवाहरु संगठित भएर अभियान चलाउनु पर्ने बताएका छन् । दुई दिन सम्म सन्चालन हुने तालिमको प्रशिक्षकमा नेपाल रेडक्रम सोसाईटी जिल्ला शाखा दाङका कार्यक्रम संयोजक विश्राम अधिकारी रहेका छन् । तालिममा सहभागि युवाहरुलाई कोरोनाको परिचय,यसको माहामारी ,जोखिम र रोकथाम तथा नियन्त्रणका बारेमा जानकारी दिईने छ । तालिममा तुलसीपुर , घोराही र दंगीशरणका गरी २५ जना युवाहरुको सहभागिता रहेको छ । दलित महिला संघ दाङ शाखा सदस्य यमुना परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका कार्यक्रम संयोजक पोषण सेन्चुरीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया