
काठमान्डौ, २६ भदौ / नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा आज थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो संख्या हालसम्मकै उच्च हो ।
आज थपिएका सहति हालसम्म नेपालमा ९४ हजार २५३ संक्रमितको संख्या पुगेको जनाए । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २५ हजार ७ जना रहेको छ ।
त्यसैगरी २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार १२६ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।
प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार